दफा ५७
कार्यकारी प्रमुखको नियुक्ति
(१) सञ्चालक समितिले यो ऐन, यस ऐन अन्तर्गत बनेको नियमावली, बीमकको प्रबन्धपत्र र नियमावलीको: अधीनमा रही बीमकको कार्य सञ्चालन एवं व्यवस्थापनको लागि एक कार्यकारी प्रमुख नियुक्त गर्नु पर्नेछ।
(२) कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ/र निज अर्को एक कार्यकालको लागि पुन नियुक्ति हुन सक्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सञ्चालक समितिले कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
तर त्यसरी पदबाट हटाउनुअघि निजलाई: सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(४) सञ्चालक समितिले कार्यकारी प्रमुख नियुक्त गर्दा देहाय बमोजिमको योग्यता तथा अनुभव: भएको व्यक्तिलाई नियुक्त गरी त्यसरी नियुक्त गरेको सात दिनभित्र प्राधिकरणलाई जानकारी दिनु पर्नेछः-
(क) बीमा, मौद्रिक, बैकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याड्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून-विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको र व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए पाँच वर्ष, बैङ्क वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा कम्तीमा एक वर्षको अनुभव सहित कम्तीमा सात वर्षको अनुभव हासिल गरेको, वा,
(ख) चार्टड एकाउन्टेण्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याब्शास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानून विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा दश वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए पन्ध्र वर्ष वा दुबै क्षेत्रमा भए बीमा क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव सहित कम्तीमा बाह्र वर्षको अनुभव हासिल गरेको ।
(५) देहायको व्यक्ति बीमकको कार्यकारी प्रमुख नियुक्त
हुन सक्ने छैनः-
(क) शारीरिक तथा मानसिक अस्वस्थताको कारणले सञ्चालक भई सेवा गर्न असमर्थ भएको,
(ख) प्रचलित कानून बमोजिम कालोसूचीमा परेको वा कालोसूचीबाट फुकुवा .भएको तीन वर्ष पूरा नभएको,
(ग) बीमकको सञ्चालक, सञ्चालकको नजिकको नातेदार वा कर्मचारी, बीमा मध्यस्थकर्ता वा परामर्शदाताको रूपमा कार्यरत रहेको,
(घ) विगत तीन: वर्षको अवधिमा सोही बीमकको लेखापरीक्षक_भई कार्य गरेको,
(ङ) धितोपत्र व्यवसायीको रुपमा कार्य गर्ने वा धितोपत्र बजारको संदस्य रहेको,
(च) बीमकसँग वित्तीय स्वार्थ भएको,
(छ) अध्यक्ष वा सञ्चालक समितिको अध्यक्ष भइसकेको,
तर नेपाल सरकारले बीमकको अध्यक्ष वा सञ्चालकमा नियुक्त गर्न यो व्यवस्थाले बाधा पुगेको मानिने छैन।
(ज) कार्यकारी प्रमुख भइसकेको व्यक्ति त्यस्तो पदमा नरहेको मितिले छ महिना नपुगेको, (झ) प्रचलित कानून बमोजिम कैद सजाय पाई त्यस्तो सजाय भुक्तान भएको मितिले तीन: वर्ष पूरा नभएको,
(ज) विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको,
तर, विदेशी बीमक तथा संयुक्त लगानीमा स्थापित बीमकको कार्यकारी प्रमुखको हकमा यो व्यवस्था लागू हुने छैन ।
(ट) किर्ते, जालसाजी, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन; बैंकिङ्ग कसुर, बीमा तथा अन्य ठगी, शरीर बन्धक-वा अपहरण जस्ता फौजदारी कसुरमा अदालतबाट सजाय पाएको,
(ठ) सार्वजनिक पदेमा बहाल रहेको ।
(६) यस दफामा: अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी बीमकको बहुमत शेयर भएको बीमक वा विदेशी बीमा कम्पनीले आफ्नो कर्मचारीलाई यस दफाको अधीनमा रही कार्यकारी प्रमुखको रूपमा नियुक्त गर्न सक्नेछ।
(७) नेपाल स्थित विदेशी बीमकको शाखा कार्यालयले यस दफा बमोजिमको योग्यता र अनुभवको आधारमा कार्यकारी प्रमुख नियुक्त गर्नु पर्नेछ।
(८) कार्यकारी प्रमुखको पारिश्रमिक सेवाका अन्य शर्त तथा सुविधाहरू प्राधिकरणले समय समयमा जारी गरेको निर्देशनको अधीनमा रही सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ र निजलाई नियुक्ति गर्दाका बखत नै निजको सेवाको शर्त तथा सुविधा निर्धारण गर्नु पर्नेछ।